मध्य एसिया र भारत भ्रमणका लागि प्रस्थान गरे अमेरिकी विदेशमन्त्री, बुधबार भारत आइपुग्ने

डिसी नेपाल
१५ फागुन २०७९ १३:००
36
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्य एसियाका दुई महत्वपूर्ण देश कजाकिस्तान र उज्वेकिस्तानको पहिलो औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । त्यसपछि उनी भारत पनि जानेछन् ।

जी-२० र क्वाडका विदेश मन्त्रीहरूको बैठकमा भाग लिन उनी मार्च १ मा नयाँ दिल्ली पुग्नेछन्। उनी यही मार्च ३ सम्म बस्नेछन् । भ्रमणका क्रममा उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारी र नागरिक समाजका व्यक्तिसँग पनि भेटघाट गर्नेछन् ।

ब्लिन्केनले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘आज म काजाकिस्तान, उज्वेकिस्तान र भारतको यात्रामा जाँदैछु । विदेशमन्त्रीका रूपमा कजाकिस्तान र उज्वेकिस्तानको यो मेरो पहिलो भ्रमण हुनेछ।’

भारत भ्रमणको सन्दर्भमा उनले लेखेका छन्, ‘म मध्य एसियाका देशहरूसँगको साझेदारीलाई अगाडि बढाउन उत्सुक छु । त्यहाँबाट म जी-२० मन्त्रीस्तरीय बैठकमा भाग लिन भारत जान्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *