पेटमा सुईले घोचे जस्तै दुख्छ ? यी गम्भीर रोगको संकेत हुनसक्छ

डिसी नेपाल
१६ फागुन २०७९ १०:४४
236
Shares

काठमाडौं । पेटको दुखाइलाई मानिसहरू अक्सर बेवास्ता गर्छन्। तर यो हाम्रो शरीरसँग सम्बन्धित धेरै समस्याहरूको संकेत पनि हुन सक्छ। वास्तवमा, पेटमा सुईले घोपेजस्तो जस्तो दुखाइ पेटको भित्री भागमा हुन्छ भने यो शारिरक अवस्था ठीक नभएको संकेत हो। यसबाहेक, यो मृगौला र कलेजो जस्ता अंगहरूमा भएको समस्याको पनि संकेत हुन सक्छ। पेटमा सुईले घोपे जस्तै दुखाइ हुनका विभिन्न कारणहरुका बारेमा आज हामी तपाईलाई बताउनेछौं ।

आन्द्रामा समस्या हुँदाः आन्द्रामा संक्रमण भई कुनै रोग भएमा पेटमा सुईले घोपे जस्तै दुख्न सक्छ । यो पीडा बारम्बार हुन सक्छ र तपाईंको लागि असहनीय हुन सक्छ। यसबाहेक, यो दुखाई शरीरभर नै छिटो फैलिन सक्छ र गम्भीर रूप पनि लिन सक्छ।

पत्थरीका कारणः पत्थरीका कारण पेटमा सुईको टुप्पोले घोचे जस्तै दुख्ने गर्छ । पत्थरीको दुखाइ कष्टप्रद हुन्छ र शरीरको एक विशेष भागमा निकै पिडा महसुस गर्न सकिन्छ। यस्तो अवस्थामा यो लक्षणलाई बेवास्ता नगर्नुहोस् र आफ्नो डाक्टरलाई देखाउनुहोस्।

भाइरल संक्रमणको कारणः भाइरल इन्फेक्सनका कारण पत्थरीको दुखाइले पनि मानिसलाई सताउन सक्छ। यसले पेटको भित्र भागलाई नोक्सान गर्न थाल्छ। साथै, यसले पाचन प्रणालीलाई असर गर्न सक्छ। पेट दुख्ने र पखाला जस्ता समस्या हुन सक्छ। यस्तो भए तुरुन्त चिकित्सकसंग सल्लाह लिनुहोस् ।

एपेन्डिक्सका कारणः पेटको दाहिने पट्टि अत्याधिक दुखाइ हुन्छ भने यो एपेन्डिक्सको समस्या पनि हुन सक्छ । पेटको दाहिने तर्फ सियोले घोपे जस्तो दुखाइ हुन्छ भने यो एपेन्डिक्सको संकेत हुनसक्छ । यसले गम्भीर अवस्था निम्त्याउन सक्छ। त्यसैले कारण जे भए पनि कहिल्यै पनि दुखाईलाई बेवास्ता नगर्नुंहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.