दिपशिखाले भारतिय क्रिकेटर विराटलाई गरेको ‘लिप किस’ भाइरल
काठमाडौँ। अभिनेत्री दिपशिखा खड्काको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। दिपशिखाले भारतिय क्रिकेटर विराट कोहलीको स्ट्याचुमा लिप किस गरेर खिचेको भिडियोले यतिबेला सामाजिक सञ्जाल तात्तिएको हो।
बैङ्कक घुम्न जाँदा त्यहाँ राखिएको स्ट्याचुमा उनले उक्त भिडियो खिचाएकी थिइन्। भिडियोलाई उनकी दिदिले आफ्नो टिकटकमा पोस्ट गरेपछि सो भिडियो भाइरल बनेको हो। अहिले भारतिय मिडियाले उक्त भिडियोमाथि अनेकन हेडलाइन बनाइरहेका छन्।
दिपशिखाले रमाइलोको क्रममा खिचेको भिडियोको बारेमा भारतीय मिडियाले गलत तरिकाले सम्प्रेषण गरेको भन्दै दिपशिखाकी दिदिले अर्को टिकटक पोस्ट गरेकी छिन्। उनलाई विराटको बिग फ्यानका रुपमा भारतिय मिडियाले चित्रण गरेको छ ।
दिपशिखाले केहि फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छ्न्।
@shirisa_poudel Guys, KuraLaidinuParyo Tag #anuskasharma #viratkohli @Dipshikha singh khadka #comedyvideo #♥️ #आफ्नोसाम्राज्यकोरानी







डिसी नेपाल







Facebook Comment