युक्रेन युद्धले मानवअधिकार उल्लङ्घनका लहरहरू निम्त्यायो : राष्ट्रसंघ प्रमुख
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा युद्धले मानवअधिकार उल्लंघनको लहर निम्त्याएको बताएका छन् ।
गुटेरेसले मानवअधिकार परिषदमा भनेका छन् कि यस युद्धका कारण ठूलो मात्रामा मृत्यु, विनाश र मानिसहरूले आफ्नो घर छाड्नुपरेको छ।
उनले यौन हिंसा, जबरजस्ती अपहरण र हिरासतमा यातनाका सयौं घटनाको जानकारी संयुक्त राष्ट्रसंघले सङ्कलन गरेको बताए ।
रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यो दोस्रो विश्वयुद्ध पछि रुसको सबैभन्दा ठूलो युद्ध हो। तर, रुसले यसलाई युद्ध नभई ‘विशेष सैन्य अभियान’ भनेको छ।
यस युद्धमा एक करोड ८० लाखभन्दा बढी मानिस युक्रेन छाडेर गएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment