नाइजेरिया चुनावमा विपक्षी राष्ट्रपतिका उम्मेद्वार पिटर ओबी अगाडि
काठमाडौं । नाइजेरियाको निर्वाचन आयोगले राष्ट्रपतीय पदका विपक्षी उम्मेदवार पिटर ओबीले देशको व्यावसायिक केन्द्र लागोसमा सबैभन्दा बढी मत प्राप्त गरेको जनाएको छ।
पिटर ओबीले यहाँ सत्तारुढ दलका उम्मेदवार र लागोसका गभर्नर बोला टिनुबालाई थोरै अन्तरले पराजित गरेका छन्। पिटर ओबी युवा र शहरी मतदाताहरूलाई अपील गरेर नाइजेरियाको चुनावमा शीर्षमा आएका छन्।
अन्य राज्यबाट पनि चुनावी नतिजा आउन थालेको छ, तर चुनाव कसले जित्छ भन्न हतार हुनेछ। शनिबार भएको निर्वाचनमा करिब नौ करोड मतदाताले भाग लिएका थिए । निर्वाचन शान्तिपूर्ण भएपनि धेरै ठाउँमा मतदान ढिलो भएको छ ।
२४ वर्षअघि सैन्य शासनको अन्त्य भएयता नाइजेरियामा यो सबैभन्दा नजिकको प्रतिस्पर्धा भएको चुनाव हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment