युरोपियन युनियनसँग उत्तरी आयरल्याण्डमा भएको सम्झौतापछि ऋषि सुनकले के भने ?

डिसी नेपाल
१७ फागुन २०७९ १०:५३

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले उत्तरी आयरल्याण्डको लागि ‘ब्रेक्जिट पछिको व्यापार सम्झौता’ मा आफ्नो सरकारको प्रशंशा गरेका छन्।

लन्डनको विन्डसर प्यालेसमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको वार्तामा उनले यो निर्णयलाई ‘निर्णायक सफलता’ भने।

धेरै महिनाको वार्तापछि युरोपेली आयोगसँग सम्झौता भएको छ । यस भेटमा दुई नेताबीच निकै न्यानोपन देखिएको थियो ।

उर्सुला भोन डेर लेयनले सम्झौतालाई “युरोपियन युनियन र बेलायतबीचको बलियो सम्बन्ध” मा “नयाँ अध्याय” भने।

ब्रेक्जिटलाई समर्थन गर्ने धेरै कन्जरभेटिभ सांसदहरूले यो सम्झौतालाई समर्थन गरे।

उत्तरी आयरल्याण्डको मुख्य पार्टी ‘डेमोक्रेटिक युनियनिस्ट पार्टी’ ले यसलाई ‘महत्वपूर्ण प्रगति’ भनेको छ । यद्यपि, यसले यो पनि भनेको छ कि ‘चिन्ताका प्रमुख मुद्दाहरू’ अझै बाँकी छन्।

डियुपी नेता सर जेफ्री डोनाल्डसनले भनेका छन् कि उनको पार्टीले सम्झौतालाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्नु अघि कानूनी कागजात अध्ययन गर्नेछ।

डियुपीले उत्तरी आयरल्याण्डको स्थानीय सरकारलाई ‘उत्तरी आयरल्याण्ड प्रोटोकल’ को बारेमा चिन्ताहरू सम्बोधन नभएसम्म बहिष्कार गर्दैछ।

केही टोरी सांसदहरूले भने कि उनीहरूले यो सम्झौतालाई डियुपीले समर्थन गरे मात्र समर्थन गर्नेछन्।

उत्तरी आयरल्याण्ड विधानसभाको सबैभन्दा ठूलो पार्टी सिन फेनले पनि सम्झौताको स्वागत गरेको छ। तर, त्यसको विस्तृत परीक्षण गर्ने कुरा पनि उनले बताए ।

सिन फेनले पनि स्थानीय निकाय सरकारमा फर्किन डियुपीलाई अपिल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *