नाइजेरियाको राष्ट्रपति चुनाबमा सत्तारूढ दलका टिनुबुको अग्रता

डिसी नेपाल
१७ फागुन २०७९ १३:०३
16
Shares

काठमाडौं । नाइजेरियाको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार बोला टिनुबुले अग्रता लिएका छन् ।

देशका ३६ प्रदेशमध्ये १४ प्रदेशको नतिजा आएको छ । त्यसमा टिनुबु अग्रस्थानमा छन् । अहिलेसम्मको नतिजा अनुसार टिनुबुले कुल मतको ४४ प्रतिशत मत ल्याएका छन् । उनका प्रमुख प्रतिद्वन्द्वी अतिकु अबुबाकरले करिब ३३ प्रतिशत मत पाएका छन् ।

लेबर पार्टीका ओबीले करिब १८ प्रतिशत मत पाएका छन् । तर, उनले टिनुबुलाई नाइजेरियाको सबैभन्दा ठूलो सहर लागोसमा हराएर चकित पारे।

सोमबार, लेबर पार्टीका पिटर ओबी र टिनुबुका प्रमुख प्रतिद्वन्द्वी अटिकु अबुबाकर मतगणनाबाट टाढा भए।

अबुबकरको पीपुल्स डेमोक्रेटिक पार्टी र लेबर पार्टीले इलेक्ट्रोनिक मतदाता प्रणालीमा पारदर्शिताको अभाव रहेको बताए। मुलुकमा पहिलोपटक विद्युतीय मतदाता प्रणाली जडान गरिएको हो । तर, देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले विपक्षी दलको अनियमितताको आरोपलाई अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *