अम्बानी परिवारलाई भारत र विदेशमा जेड प्लस सुरक्षा दिन सर्वोच्च अदालतको आदेश
काठमाडौं । भारतको सर्वोच्च अदालतले प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको परिवारलाई भारत र विदेशमा जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश दिएको छ। सुरक्षा खर्च अम्बानी परिवारले नै बेहोर्ने छ ।
सर्वोच्च अदालतको आठ पृष्ठको यो आदेश बीबीसीले हेरेको छ ।
सर्वोच्च अदालतले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र उनको सम्पूर्ण परिवारलाई भारत र भारत बाहिर जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश दिएको छ। यो भारतमा उच्च सुरक्षा स्तर हो।
सर्वोच्च अदालतका न्यायाधीश कृष्ण मुरारीको अध्यक्षतामा रहेको दुई सदस्यीय इजलासले यस्तो आदेश दिएको हो ।
सर्वोच्च अदालतले भन्यो, “जब मुकेश अम्बानी र उनको परिवारका सदस्यहरू भारत भित्र हुन्छन्, महाराष्ट्र राज्य र गृह मन्त्रालयले यो सुरक्षाको प्रबन्ध गर्नेछ र जब उनीहरू देश बाहिर छन्, गृह मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ।”
सर्वोच्च अदालतले विकास साहको याचिकाविरुद्ध केन्द्र सरकारको अपिलमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
साहाको जनहित याचिकाको सुनुवाई गर्दा, त्रिपुरा उच्च अदालतले गृह मन्त्रालयलाई अम्बानी परिवारको सुरक्षामा खतरासँग सम्बन्धित मूल फाइलको लागि सोधेको थियो।
पछि केन्द्र सरकारले उच्च अदालतको यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपील गरेको थियो ।
सर्वोच्च अदालतले गत वर्ष त्रिपुरा उच्च अदालतको आदेशमा पनि रोक लगाएको थियो ।







डिसी नेपाल







Facebook Comment