यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

डिसी नेपाल
१७ फागुन २०७९ १५:३६
92
Shares

दुबई। युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ।

अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल–तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ । सो हवाई आक्रमणमा परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन्।

अल–तामिमीले हालै भाडामा लिएको उत्तरी प्रान्त मारिबको एउटा घरलाई निशाना बनाएर गरिएको हवाई हमला स्पष्ट रूपमा अमेरिकी भएको अधिकारीले बताएका छन्।

एक मारिब सरकारी अधिकारीले पनि मृत्युको पुष्टि गरेका छन्। अब्देल अजिज अल–अदनानी भनेर चिनिने साउदीकी तमिमीले एक्युएपीको नेतृत्व परिषद्को नेतृत्व गरेका र आतङ्कवादी समूहको “न्यायाधीश“ को रूपमा काम गरेका स्रोतले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *