‘चिनियाँ प्रयोगशालाबाट कोरोना फैलिएको’ दाबीबारे एफबीआई प्रमुखले के भने ?
काठमाडौं । कहाँबाट आयो कोरोना ? विगत तीन वर्षदेखि सोधिएका प्रत्येक प्रश्नको जवाफमा चीनको नाम अवश्य आउँछ।
अब एफबीआईका निर्देशक क्रिस्टोफर रेले पनि यसबारे बयान दिएका छन् । क्रिस्टोफर रेले भनेका छन् कि एफबीआईलाई विश्वास छ कि कोभिड-१९ चीनको सरकारी प्रयोगशालाबाट उत्पत्ति भएको हुनसक्ने प्रबल सम्भावना छ।
क्रिस्टोफर रेले फक्स न्यूजलाई भने, “केही समयदेखि एफबीआईले चिनियाँ सरकारी प्रयोगशालामा भएको घटनापछि महामारी सुरु भएको पत्ता लगाएको छ।”
कोविडको सुरुवातको सन्दर्भमा यो पहिलो पटक हो, जब यो जानकारी सार्वजनिक रूपमा एफबीआईले साझा गरेको हो।
चीनले वुहानबाट कोरोना सुरु भएको कुरालाई अस्वीकार गर्दै त्यस्ता आरोपलाई अपमानजनक भन्दै आएको छ ।
एक दिन अघि, चीनका लागि अमेरिकी राजदूतले “कोविडको उत्पत्तिको बारेमा अझ इमानदार हुन” भनेका थिए।
रेले मंगलबार एक अन्तर्वार्तामा चीनले महामारीको उत्पत्तिसँग सम्बन्धित जानकारी लुकाउन र अनुसन्धानको बाटोमा बाधा पुर्याउने हरसम्भव प्रयास गरिरहेको र यो सबैका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।







डिसी नेपाल







Facebook Comment