चीनको युक्रेन शान्ति योजनामा बेलारुसको ‘पूर्ण समर्थन’
बेइजिङ । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले आफ्ना चिनियाँ समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई आफ्नो देशले ‘पूर्ण समर्थन’ गरेको बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकाशेन्कोले युक्रेनमा मस्कोको युद्धबारे धारणापत्र प्रकाशित गरेपछि लुकाशेन्कोले चीनको राजधानी बेइजिङको राजकीय भ्रमण गर्न लागेका थिए ।
मस्कोले आफ्नो युरोपेली छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न असफल भएको भन्दै पश्चिमी देशहरूले चीनको आलोचना गर्दै आएका छन् । संयुक्त राज्य अमेरिका र नेटोले हालै रुसलाई हतियार स्थानान्तरण गर्नेबारे विचार गरिरहेको हुन सक्ने दाबीप्रति उग्र प्रतिक्रिया व्यक्त गरेको छ ।
उक्त पत्रमा युक्रेनका सहयोगीहरूले शङ्का व्यक्त गरेका थिए भने रूसले उक्त प्रस्तावलाई स्वीकार गरेको थियो तर द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि ‘अहिले’ सर्तहरू नभएको बताएको थियो ।
लुकासेन्कोले आफ्नो भ्रमण र चिनियाँ अधिकारीसँगको भेटवार्ताबारे भने, “आजको बैठक अत्यन्त कठिन समयमा भइरहेको छ, जसले नयाँ, अपम्ंपरागत दृष्टिकोण र जिम्मेवार राजनीतिक निर्णयको माग गर्दछ ।
उनले सीलाई भने, “युद्धले कसैको पनि विजय नहुने हँदा उनीहरू सबैभन्दा पहिले विश्वव्यापी मुठभेडमा फस्नबाट रोक्नका लागि लक्षित हुनुपर्छ ।” उनले भने, “त्यसैले बेलारुस सक्रिय रूपमा शान्ति प्रस्तावहरू लिएर आइरहेको छ, र तपाईंले अगाडि सारेको अन्तर्राष्ट्रिय सुरक्षाको पहललाई पूर्ण समर्थन गर्दछ ।”
बेलारुसले चीनसँग प्राविधिक सहयोग बढाउन चाहेको पनि उनले बताए ।







डिसी नेपाल







Facebook Comment