चलचित्र पत्रकार संघमा प्रेस चौतारी हाबी, अध्यक्षमा समिर बलामी बिजयी

डिसी नेपाल
१८ फागुन २०७९ ७:५०
96
Shares

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्। काठमाडौं हिजो अबेर सम्पन्न २३ औं साधारण सभावाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन्। निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सीमित भए। यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई बिजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्कीले ७४ मतमा सिमित भए।

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन्। यसैगरी, सदस्यहरुमा सुष्मा कार्की अनुप भट्टराईलगायत बिजयी भएका छन्।
अध्यक्ष र महासचिवलगायत अधिकांस पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार बिजयी भएको माधव तिवारीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *