शाहरुखकी श्रीमती गौरी खानविरुद्ध एफआईआर दर्ता

डिसी नेपाल
१८ फागुन २०७९ १४:०७
3.2k
Shares

काठमाडौँ। अभिनेता शाहरुख खान श्रीमती गौरी खानविरुद्ध एफआईआर दर्ता भएको छ। गौरी खानविरुद्ध लखनउमा एफआईआर दर्ता भएको हो।

मुम्बईका किरीट जसवंत शाहले लखनउको तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेडमा फ्ल्याट किनेको दाबी गर्छन्। यसको लागत करोडौं थियो। उक्त व्यक्तिले अहिलेसम्म कम्पनीलाई ८६ लाख रुपैयाँ दिए पनि फ्ल्याट पाएका छैनन् । यस्तो अवस्थामा यी व्यक्तिले गौरा खान विरुद्ध एफआईआर दर्ता गरेका छन्। किनभने अभिनेताकी श्रीमती यस कम्पनीको ब्रान्ड एम्बेसडर हुन्।

यति मात्र होइन, यो व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेडका सीएमडी अनिल कुमार तुलसियानी र निर्देशक महेश तुलसियानीविरुद्ध पनि एफआईआर दर्ता गरेका छन्। तीनै जनामाथि धारा ४०९ लगाइएको छ। यो जानकारी सुशान्त गल्फ सिटी पुलिस स्टेशनबाट प्राप्त भएको छ। उक्त व्यक्तिले ब्राण्ड एम्बेसडर गौरी खानको प्रचारबाट प्रभावित भएर यो फ्ल्याट लिएको पनि बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.