टर्कीमा भूकम्पपछि चुनावबारे राष्ट्रपति अर्दोआनले के भने ?
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशमा मे १४ मा चुनाव हुन सक्ने संकेत गरेका छन् ।
अर्दोआन चुनाव गराउने आफ्नो पहिलेको अडानमा दृढ छन्। टर्कीमा गएको भूकम्पपछि तोकिएकै समयमा निर्वाचन हुनेमा विभिन्न किसिमको आशंका व्यक्त गरिएको थियो ।
यस भयानक भूकम्पमा ४५ हजार मानिसको मृत्यु भएको छ । अर्दोआनले बुधबार यसबारेमा भनेका छन्, ‘मे १४ मा देशले जे आवश्यक छ त्यही गर्नेछ। अल्लाहले चाहे भने।”
अर्दोआनले भने, “जहाँ भवनहरू ढलेका छन्, हामी अझ राम्रो भवनहरू निर्माण गर्नेछौं। जनताको मन जितेर जनताको नयाँ भविष्य निर्माण गर्नेछौं ।”
संसदमा आफ्नो दलका सांसदहरुसँग कुरा गर्दै अर्दोआनले यस्तो बताएका हुन् ।
टर्कीको आगामी निर्वाचनलाई अर्दोआनको सबैभन्दा ठूलो राजनीतिक संकटका रूपमा लिइएको छ ।
भूकम्प गएदेखि नै यो वर्षको अन्त्यसम्म निर्वाचन सार्ने भनिएको थियो । यसअघि टर्कीमा जुन १८ तारिखमा यी निर्वाचनहरू हुनुपर्ने थियो ।
भूकम्पअघि अर्दोनको लोकप्रियतामा लगातार कमी आएको छ । यसको कारण बढ्दो महंगी, टर्कीको मुद्रा लिरामा गिरावट थियो।
२०१८ को राष्ट्रपति चुनावमा, अर्दोआनले १० भूकम्प-प्रभावित प्रान्तहरूमा ५५ प्रतिशत मत प्राप्त गरे।
अर्दोआनको सत्तामा उदय २० वर्ष पहिले भएको थियो।
तत्कालीन सरकारले पनि सन् १९९९ को भूकम्पपछिको अवस्था, महंगी र भ्रष्टाचारलाई सम्हाल्ने विषयमा आलोचना पनि बेहोर्नुपरेको थियो ।







डिसी नेपाल







Facebook Comment