हिन्डनबर्ग मुद्दामा सर्वोच्चको फैसलामा गौतम अडानीले के भने ?
काठमाडौं । उद्योगपति गौतम अडानीले हिन्डनबर्ग प्रकरणमा छानबिन समिति गठन गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् ।
गौतम अडानीको ट्वीटर ह्यान्डलबाट जारी गरिएको संक्षिप्त विज्ञप्तिमा भनिएको छ, “माननीय सर्वोच्च अदालतको आदेशलाई अडानी समूह स्वागत गर्दछ। यसले समय सीमाभित्र यस विषयमा अन्तिम निर्णय गर्नेछ। सत्यको विजय हुनेछ।”
बिहीबार सर्वोच्च अदालतले अडानी हिन्डनबर्गको छानबिन गर्न ६ सदस्यीय समिति गठन गर्न आदेश दिएको छ । समितिमा ओपी भट्ट, न्यायाधीश जेपी देवधर, केभी कामत, नन्दन निलेकणी र सोमशेखर सुन्दरेसन रहनेछन् ।
समितिको अध्यक्ष सेवानिवृत्त न्यायाधीश अभय एम सप्रे रहनेछन् । सर्वोच्च अदालतले सेबीलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment