छक्कापञ्जाका दिपकराज र छड्केका अनमोलकाे एक अर्कालाई शुभकामना
काठमाडौं। नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशक बिच सद्यै लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आजबाट रिलिज हुन लागेको छक्कापञ्जा-४ र छडके-२ को रिलिजमा भने फरक दृश्य देखिएको छ।
छक्कापञ्जा-४ र छडके-२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन्। जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य मध्ये एक रहन पुगेको छ।
फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दिपकराज गिरीले छडकेलाई शुभकामना दिए भने छडकेका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामन दिएका छन्। बिहीबार साँझ दुवैले सामाजिक सञ्जालवाट शुभकामना दिए पछि धेरैले उनीहरु विश्वास र सम्मान प्रकट गरेका छन्।
गिरी र अनमोल दुबैले दुबै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन र दुबैले एक अर्कालाई शुभकामना पनि दिएका छन्।
अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन् :
‘सानैदेखि मेरो यो मान्यता छ कि, नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो। साथै भोलिदेखि तपाईंहरु समक्ष प्रर्दशनमा आइरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाई दिदीहरुको छक्कापन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशीर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र उर्जाको श्रोत हो।
जय छड्के !
जय छक्का पन्जा !
जय नेपाल ।
त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्
अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ,
भोलि (आज) देखि छड्के र छक्कापन्जा ४ प्रदर्शन हुँदैछ,
धेरैले किन जुधेको भनेर पनि सोधे,
यो सॉढे होइन जुध्नलाई, यो फुटवल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने,
यहाँ दूबै टिमले जित्न सक्छ,
प्यारो अनमोल भतिजलगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना
जय नेपाली चलचित्र!!
No ads found for this position

डिसी नेपाल
Facebook Comment