अस्मिता अधिकारीको ‘मुखै चिलाउनी’मा पुष्प र गीता
काठमाडौँ। गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ। केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो हो।
प्रेममा डुबेर खुशी खुशी जिन्दगी बिताउन चहाने प्रेमील जोडीको छमछम नचाउने गीतको कोरियोग्राफी पनि निर्देशक भट्टले नै गरेका हुन्। जसमा नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ।
काठमाडौंको कोटेश्वरका रमणले यसअघि घर त लगनखेल रिमेक, खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतका भिडियोहरु बजारमा ल्याइसकेका छन्। सार्वजनिक भिडियोको निर्माण सविना कुँवर रेग्मीले गरेकी हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment