गायक निमा शेर्पा तेस्रो नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित
काठमाडौं। गायक निमा शेर्पाले तेस्रो नाट्यश्वर म्युजिक अवार्ड हात पारेका छन्।
काठमाडौँमा सम्पन्न अवार्ड समारोहमा गायक शेर्पाले दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ट आधुनिक गायक जुरी च्वाईसको अवार्ड जित्न सफल भएका हुन्।
विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्षरत दोलखा जिरीका गायक शेर्पाले रेशमैको डोरी बोलको गीतबाट उक्त अवार्ड हात पारेका हुन्।
रेशमैको डोरीले राम्रो सफलता पाएसँगै गीत संगीतमा लाग्न हौसिएका गायक शेर्पाको न त आकाशको जुन हुँ बोलको गीत बजारमा आउने क्रममा रहेको छ। गायक शेर्पा पेशाले व्यबसायी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment