इक्राले अडानी समूहको बन्दरगाह र ऊर्जा व्यवसायलाई ‘नकारात्मक’ मा डाउनग्रेड गर्‍यो

डिसी नेपाल
२० फागुन २०७९ १४:५८
36
Shares

काठमाडौं । रेटिङ एजेन्सी मुडीजको एकाइ इक्राले गौतम अडानी समूहको बन्दरगाह र ऊर्जा व्यवसायको रेटिङ घटाएको छ । इक्राले अडानी समूहको रेटिङलाई ‘स्टेबल’ बाट ‘नेगेटिभ’मा परिवर्तन गरेको छ।

अडानी समूहका यी कम्पनीहरू अडानी पोर्ट, स्पेशल इकोनोमिक जोन लिमिटेड र अडानी टोटल ग्यास लिमिटेड हुन्। गौतम अडानीले केही समयदेखि आर्थिक चुनौती सामना गरिरहेका छन् । यसपछि अडानी समूहको रेटिङ ऋणात्मक भएको छ ।

शेयरको मूल्यमा आएको गिरावट र अडानी समूहले उठाएको अन्तर्राष्ट्रिय ऋणपत्रमा भएको वृद्धिका कारण यस्तो भएको हो । यसअघि फेब्रुअरीमा पनि मुडीजले अडानी समूहका कम्पनीहरूको रेटिङ घटाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *