कुमार सिवाकोटीको ‘भिझाएर आँशु’ उषा र सुधिर
काठमाडौँ। सेण्टिमेण्टल भर्सनको ‘आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतलाई अमेरिकाको पेन्सिलभेनिया निवासी गीतकार कुमार सिवाकोटीले लेखेका हुन्। दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ।
सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन्। अमेरिकामा बसोबास गर्दै आइरहेका सिवाकोटी विभिन्न व्यवसायमा आबद्द छन्। यसअघि सिवाकोटीको शब्दमा रहेको ‘जँहा भए नि नेपाली बन्न पाइयोस’ र ‘सानीलाई’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ। नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment