यी चार सा-साना बानीले बढाउन सक्छ तपाईको ब्लड सुगर, तुरुन्तै त्याग्नुहोस्
काठमाडौँ। मधुमेह आजको समयमा तिब्र गतिमा बढिरहेको रोग हो। नेपालमा मात्र नभएर विश्वमा नै मधुमेह रोगीहरूको संख्यामा तीव्र वृद्धि हुँदै गईरहेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार बढ्दो उमेर र पारिवारिक इतिहासका कारण यो रोग लाग्ने सम्भावना बढी हुन्छ। तर खानपान र जीवनशैलीको गलत बानी पनि यो रोग बढ्नुको कारण हुनसक्छ। तपाईको खानपान र जीवनशैलीले तपाईको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ। तपाइँ छक्क पर्न सक्नुहुन्छ कि तपाइँको सानो दैनिक बानीले पनि तपाइँको ब्लड सुगर बढाउन सक्छ।
स्वास्थ्य विज्ञहरुका अनुसार हामी सबैले जानीजानी वा नजानेर दैनिक यस्ता धेरै काम गर्छौं, जसका कारण मधुमेहको जोखिम धेरै गुना बढ्छ। जसलाई पहिले देखि नै मधुमेह छ, उनीहरुले विशेष गरी आफ्नो दैनिक जीवनमा हरेक सानो कुरामा सावधान आपनाउनु आवश्यक छ।
मधुमेह रोगीहरूले सेतो रोटी सेवन नगर्नुहोस्
सेतो रोटीमा कार्बोहाइड्रेट प्रशस्त हुन्छ। परिष्कृत कार्बोहाइड्रेटले रगतमा चिनी छिटो बढाउँछ, त्यसैले तिनीहरूको खपत मधुमेहका बिरामीहरुको लागि धेरै हानिकारक हुन सक्छ।
तपाईंले सबै प्रकारका परिष्कृत कार्बोहाइड्रेटहरूबाट टाढा रहनु पर्छ किनभने तिनीहरूको खपतले तपाईंको ब्लड सुगर बढाउन सक्छ। बिस्कुट, पास्ता, मिठाई, केक, पेस्ट्री, सेतो चामल र ऊर्जा पेय जस्ता चीजहरूमा पनि परिष्कृत कार्बोहाइड्रेट हुन्छ।
ब्रेकफास्ट छोड्ने बानी
यदि तपाईलाई मधुमेह छ भने आफ्नो खानपान र त्यसको समयमा ध्यान दिनु जरुरी छ। यस रोगमा बिरामीहरूलाई लामो समयसम्म खाली पेट नबस्ने सल्लाह दिइन्छ। त्यसैले मधुमेहका बिरामीका लागि बिहानको खाजा निकै महत्त्वपूर्ण हुन्छ।
द जर्नल अफ न्यूट्रिशनमा प्रकाशित धेरै अनुसन्धानले बिहानको खाजा नखाने मानिसहरूलाई यो रोग लाग्ने सम्भावना बढी हुने देखाएको छ। राति करिब आठ देखि १० घण्टापछि बिहान केही नखाने बानीले रगतमा चिनीको मात्रा बढाउन सक्छ।
कुनै गतिविधिबिना लगातार बस्नु
मधुमेह रोगीको लागि शारीरिक गतिविधि धेरै महत्त्वपूर्ण छ। त्यसैले घर वा अफिसमा लगातार बस्ने बानीले तपाईलाई समस्या निम्त्याउन सक्छ। सन् २०२१ मा ४ लाख ७५ हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनमा वैज्ञानिकहरूले अल्छी जीवनशैली जिउने र शारीरिक क्रियाकलाप नगर्दा मानिसमा टाइप २ मधुमेहको जोखिम ३१ प्रतिशतले बढ्न सक्ने पत्ता लगाएका छन् ।
एक्लोपन
कोरोना महामारीको करिब एक वर्षपछि अमेरिकामा गरिएको एक सर्वेक्षणले लामो समयसम्म एक्लोपनले टाइप २ मधुमेहको जोखिम पनि बढाउन सक्ने देखाएको छ। डायबेटोलोजी जर्नलमा प्रकाशित एक अध्ययनमा शोधकर्ताहरुले एक्लै बस्ने मानिसहरु रहेको बताएका छन्। घनिष्ठ सम्बन्ध नभएका व्यक्तिहरूलाई टाइप २ मधुमेह हुने उच्च जोखिम हुन सक्छ।







डिसी नेपाल








Facebook Comment