आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल

डिसी नेपाल
२५ फागुन २०७९ ९:३३
136
Shares

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ। एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ। सात देश सम्मिलित लिग–२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ। नेपाल पाँचौँ स्थानमा छ।

पपुवा न्युगिनीलाई जारी शृङ्खलामा जित हारले केही फरक पर्ने देखिदैन। पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । उसले हालसम्म ३२ खेलबाट नौ अङ्क जोडेको छ।

नेपाल जस्तै युनाइटेड अरब इमिरेट्स (युएई) का लागि पनि अन्तिम शृङ्खला महत्वपूर्ण छ। उसले हालसम्म खेलेका ३२ खेलबाट ३१ अङ्क जोडेको छ। युएई लिगको छैटौँ स्थानमा छ। जारी शृङ्खलाका चारै खेल जिते उसले विश्वकपमा स्थान बनाउने छ। फराकिलो अन्तरले दुई खेल जितेमा युएईले एकदिवसीय मान्यता जोगाउने छ अन्यथा उसले तीन खेल भने जित्नै पर्ने अवस्था छ। नेपालमा आजदेखि सुरु भएको लिग–२ को शृङ्खला अन्तिम हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *