पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिवास महोत्सव हुने

डिसी नेपाल
२५ फागुन २०७९ १५:०६

महोत्तरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सव आयोजना हुने भएको छ । आउँदो ३–११ चैतसम्म  हुने महोत्सवमा नगरभित्रका  प्राचीन महत्व बोकेका धार्मिक देवालयहरुको तस्बिर र क्याप्सनसहितका फोटो प्रदर्शनीदेखि लिएर भिडियो डकुमेन्ट्रीसमेत देखाइनेछ ।

नगरको क्षेत्रका चुरे पडाडको पर्यटकीय सम्भावनाको खोजीसहित शब्द, चित्रपनि प्रस्तुत गरिने उधोग वाणिज्य संघ बर्दिबासका माहासचिव उत्तम श्रेष्ठले जानकारी दिए ।

बर्दिबास उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवको लागत ५५ लाख लाग्ने अनुमान गरिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारभन्दा स्थानीय कलाकारलाई प्राथमिकता दिइनेछ ।

‘उद्योग व्यवसाय र कलाको विकास गरौँ, साहित्य, संस्कृतिको संरक्षण र प्रवर्द्धन गरौँ’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा १७० वटाभन्दा बढी स्टलहरु राखिने उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *