सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक
काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ।
सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ र युट्युबमा ओएसआर डीजीटलबाट प्रसारण हुनेछ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफर बीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ।
सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ।
यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ।
कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन्।







डिसी नेपाल







Facebook Comment