‘भीर माहुरी’बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौँ। गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा मोहन थापाको शब्द र गायक आर सीकै रहेको संगीत छ।
डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ। भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफ योग्य बनेको छ। गीतकार थापाको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ।
यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भाव जस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन्। उनले रोशन र प्रियंकाको जोडीलाई जमाउन सफल भएका छन्। सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ।
यस म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ। भने, विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ। यस्तै, यो गीतको भिडियो नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।







डिसी नेपाल







Facebook Comment