बीबीसीले टिभी प्रस्तोता ग्यारी लिनेकरलाई हटाएर गल्ती गर्‍यो : पूर्व महानिर्देशक

डिसी नेपाल
२८ फागुन २०७९ ११:२१
12
Shares

काठमाडौं । बीबीसीका पूर्व महानिर्देशक ग्रेग डाइकले सरकारको आप्रवासी नीतिको आलोचना गरेपछि टिभी प्रस्तोता ग्यारी लिनेकरलाई कार्यक्रमबाट हटाउनु गल्ती भएको बताएका छन्।

बेला ग्रेग डाइकले यस्तो बेलामा टिप्पणी गरेका छन् जतिबेला बीबीसीको फुटबल कार्यक्रम ‘म्याच अफ द डे’ को प्रसारण समस्यामा परेको छ । ग्यारी लिनेकरको समर्थनमा बीबीसीका धेरै कर्मचारीहरूले शोबाट आफूलाई हटाएका छन्।

शनिबार प्रशारण हुने यो कार्यक्रमबाट सबै ६ विज्ञ र कार्यक्रमको कमेन्ट्री टोलीले आफूलाई हटाएका छन् । डाइकले भने कि “लिनेकरलाई निलम्बन गरेर बीबीसीले आफ्नै विश्वसनीयतालाई हानि पुर्याएको छ”।

डाइकले भने, “यो बीबीसीमा लामो समयदेखि स्थापित कन्भेन्सन हो कि यदि तपाइँ मनोरन्जन वा खेलकुदको प्रस्तुतकर्ता हुनुहुन्छ भने, तपाइँ समान नियमहरूद्वारा बाँधिनुहुन्न।”

ग्रेग डाइक २००० देखि २००४ सम्म बीबीसीका महानिर्देशक थिए।

बीबीसी टुडे कार्यक्रमसँग कुरा गर्दै ग्रेग डाइकले संस्थानको यो कदमले सरकारको दबाबसामु बीबीसी झुकेको सन्देश पनि दिन सक्ने बताए ।

ग्यारी लिनेकरले सामाजिक सञ्जालमा बेलायत सरकारको नयाँ आप्रवासी नीतिको आलोचना गरे। यो नीति अन्तर्गत बेलायतले गैरकानुनी रुपमा स्वदेशमा आउने आप्रवासीहरुलाई फिर्ता पठाउनेछ ।

बीबीसीमा काम गर्ने पत्रकारलाई सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्ने विषयमा नियम लागू हुन्छ। ग्यारी लिनेकरको मुद्दामा अनुसन्धान पूरा नभएसम्म उनलाई बीबीसीले कार्यक्रमबाट हटाएको छ।

बीबीसीको खेलकुद कार्यक्रममा असर पार्दै धेरै कर्मचारीहरूले लिनेकरको समर्थनमा कार्यक्रमहरूबाट आफूलाई हटाएका छन्।

बीबीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रा केही विज्ञहरूले उनीहरू शोमा संलग्न हुन नचाहेको बताएका छन्, यस बीचमा हामी ग्यारी लिनेकरसँग समस्या समाधान गर्दैछौं।”

बीबीसीले यो कार्यक्रम अब विज्ञको टिप्पणी बिना प्रसारण गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *