अमेरिकी बैंक बन्द हुनु प्रविधिको दुनियामा ‘गहिरो संकट’-इजरायलका प्रधानमन्त्री

डिसी नेपाल
२८ फागुन २०७९ १३:४६
160
Shares

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार चेतावनी दिएका छन् कि अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुँदा प्राविधिक संसारमा “गहिरो संकट” आएको छ।

अमेरिकी इतिहासमा दोस्रो पटक यसरी बैंकमा ताला लगाइएको छ । यसबारे इजरायलका प्रधानमन्त्रीले आफूले अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

नेतन्याहुले अमेरिकी बैंक बन्द भएपछि इजरायलको प्राविधिक संसारका शीर्ष व्यक्तिहरूसँग सम्पर्कमा रहेको पनि बताए।

उनले आवश्यक परेमा इजरायली कम्पनी जसको गतिविधिको केन्द्र इजरायल रहेको र यही उथलपुथलका कारण नगद प्रवाहको संकट उत्पन्न भएको छ, त्यसलाई सरकारले सहयोग गर्ने बताए ।

यद्यपि उनले इजरायलको अर्थतन्त्र बलियो र स्थिर रहेको पनि बताए ।

नेतान्याहु अहिले औपचारिक भ्रमणमा रोममा छन् । उनले स्वदेश फर्किएपछि अर्थमन्त्री, आर्थिक मामिलाका सल्लाहकार, केन्द्रीय बैंकका गभर्नरसँग बसेर संकटको गम्भीरताबारे छलफल गर्ने बताए ।

सिलिकन भ्याली बैंक बन्द भएपछि प्रविधिको दुनियाँमा त्रासको वातावरण सिर्जना भएको छ । यस बैंकको बेलायत, इजरायल लगायत अन्य धेरै देशहरुमा पनि शाखाहरु रहेका छन् ।

अमेरिकी नियामकहरूले शुक्रबार आर्थिक संकट सामना गरिरहेको यो लगानी बैंक बन्द गर्ने घोषणा गरेका थिए ।

हाल यस बैंकको रिसिभरको रूपमा युएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) नियुक्त गरिएको छ, जसले थप काम गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *