चीनको शेनझोउ–१५ अन्तरिक्ष यात्री जुनमा फर्किने

डिसी नेपाल
२९ फागुन २०७९ ११:५३
52
Shares

बेइजिङ। चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ।

अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सीएमएसएले सोमबार जनाएको हो । सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेको केन्द्रले बताएको छ।

चीनले यस वर्ष अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि तीन अन्तरिक्ष अभियानहरू प्रक्षेपण गर्नेछ, जसमा कार्गो क्राफ्ट तियानझोउ–६ र चालक दलयुक्त अन्तरिक्षयान शेन्झोउ–१६ र शेन्झोउ–१७ समावेश छन्।

तियानझोउ–६ लाई दक्षिणी प्रान्त हाइनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलमा लगिएको छ र मे महिनामा प्रक्षेपण गरिने बताइएको छ। दुई मानवयुक्त अभियानका लागि चालक दलका सदस्यहरू छानिएका छन् र अहिले प्रशिक्षण लिइरहेका छन्।

शान्तिपूर्ण प्रयोग, समानता, पारस्परिक लाभ र साझा विकासको सिद्धान्तको पालना गर्दै चीन आफ्नो अन्तरिक्ष स्टेशनलाई वैज्ञानिक र प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय समुदायका लागि आदानप्रदानका लागि खुला मञ्च बनाउन प्रतिबद्ध छ।

सीएमएसए र बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयद्वारा संयुक्त रूपमा छानिएका प्रयोगात्मक परियोजनाहरूको पहिलो ब्याच यस वर्ष अन्तरिक्ष स्टेशनमा सञ्चालन हुने कार्यक्रम छ।

सीएमएसएका अनुसार चीनले आफ्नो मानवयुक्त चन्द्र अन्वेषणका लागि प्रमुख प्रविधिहरूमा सफलता हासिल गरेको छ र मानवयुक्त चन्द्र अन्वेषण योजनामा बहस पूरा गरेको छ। यसले यसै वर्ष चन्द्रमामा अवतरण परियोजनाका लागि अनुसन्धान र विकास कार्य सुरु गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *