अमेरिकाको बैंकिङ इतिहासमा तेस्रो ठूलो असफलता
काठमाडौं । अमेरिकामा नियामक निकायहरूले आइतबार अर्को बैंक बन्द गरेका छन्। सिलिकन भ्याली बैंक असफल भएको दुई दिनपछि सिग्नेचर बैंक अहिले बन्द भएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अमेरिकाको बैंकिङ इतिहासमा यो तेस्रो ठूलो असफलता हो । न्यूयोर्क वित्तीय सेवा विभागले रिपोर्ट गरेको छ कि संघीय निक्षेप बीमा निगमले सिग्नेचर बैंकको नियन्त्रण लिएको छ।
सिग्नेचर बैंकको वासलातमा गत वर्षको अन्त्यमा ११० अर्ब डलरको सम्पत्ति र ८८ अर्ब ५९ करोड डलर निक्षेप रहेको छ ।
अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट र अन्य नियामक निकायले सिग्नेचर बैंक र सिलिकन भ्याली बैंकका सबै निक्षेपकर्ताहरूको हितको रक्षा गरिने र करदातालाई कुनै नोक्सानी हुन नदिने संयुक्त वक्तव्यमा स्पष्ट पारेका छन् ।
गत हप्ता बन्द भएको सिलिकन भ्याली बैंकमा लगानीकर्ताको अर्बौं डलर अझै फसेका छन् । यसैबीच सिलिकन भ्याली बैंकको बेलायती व्यापार बिक्रीका लागि एचएसबीसी बैंकसँग सम्झौता भएको छ ।







डिसी नेपाल







Facebook Comment