महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादको एक अदालतले एक महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा तेहरिक–ए–इन्साफका प्रमुख इमरान खानविरुद्ध गैर जमानती पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले इमरान खानलाई मार्च २९ मा अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
अदालतले अदालतको समयसम्म पर्खने र इमरान खान उपस्थित भएनन् भने उनको गिरफ्तारीको वारेन्ट जारी गरिने बताएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment