‘कतै म हराएँकी’ मा टिकटक स्टार मिस पवी र उमेश
काठमाडौं। ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। जसमा गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ।
भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मकशैलीमा देखाएका छन्। जसको कोरियोग्राफी राजिव समरले गरेका हुन्।
सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ। युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment