तेस्रो जितका लागि नेपाल युएईसँग आज भिडदै

डिसी नेपाल
२ चैत २०७९ ६:२३
312
Shares

काठमाडाैं। विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ। त्रिभुवन विश्वबिद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो। नेपाल पुन: युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रँदैछ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो। घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिन पछि नेपाल आज पुन: युएईसँग भिडन लागेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *