शाहरुखले जोगाएका थिए ‘लालसिंह चड्डा’

डिसी नेपाल
२ चैत २०७९ ११:०८
3.3k
Shares

मुम्बई। अभिनेता आमिर खानले अर्का अभिनेता शाहरुख खानका कारण आफ्नो फिल्म ‘लाल सिंह चड्डा’लाई फाइदा भएको दाबी गरेका छन्। हालै आमिरलाई साउथ फिल्मको बढ्दो लोकप्रियताका विषयमा सोधिएको प्रश्नमा शाहरुखले ‘लाल सिंह चड्डा’लाई ‘केजीएफ २’सँग द्वन्द्व हुनबाट बचाएको खुलासा गरेका हुन्।

आमिरका अनुसार शाहरुखको रेड चिलिज कम्पनीले उनको फिल्मको भीएफएक्स बनाउन ढिलाई गरेका कारण ‘केजीएफ २’सँग भिड्नबाट फिल्म जोगिएको थियो।

‘हिन्दी दर्शकमा केजीएफ २ को जबरदस्त उत्साह थियो, त्यसकारण मेरो फिल्म ढिलो रिलिज भएको हो’, उनले भनेका छन्, ‘जुन समयमा केजीएफ २ रिलिज हुने तयारीमा थियो, मेरा केही पुराना साथीहरु र हिन्दी दर्शकबीच त्यो फिल्मलाई लिएर गज्जबको उत्साह थियो। लाल सिंह चड्डा पनि सोही दिन रिलिज हुने तयारीमा थियो, तर हामी यसकारण भाग्यशाली रह्यौं कि रेड चिलिज इन्टरटेनमेन्ट फिल्मको भीएफएक्समा थोरै समय लिइरहेका थिए। यसकारण हामी बच्यौं।’

आमिरको फिल्म सिंगल रिलिज भए पनि दर्शकले फिल्म मन पराएनन्। फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यो फिल्म सन् १९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’को अफिसियल हिन्दी रिमेक थियो।

करिब १ सय ८० करोडमा बनेको आमिरको फिल्मले विश्वव्यापी रुपमा १ सय ३० करोडमात्र कमाउन सक्यो। फिल्ममा करीना कपूर खान, नागा चैतन्य र मोना सिंहको पनि अभिनय थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.