अभिनेता सुशान्त कार्कीको ‘ओई मेरी रामप्यारी’ बोलको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
३ चैत २०७९ १०:१२
264
Shares

काठमाडौँ। अभिनेता सुशान्त कार्की अहिले नेपालमा छन्। लामो समयको अष्ट्रेलिया बसाईपछि कार्की गत महिना नेपाल पर्केका हुन्। नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन्।

करिब एक दर्जन सिनेमामा काम गरेका सुशान्त अभिनित कमब्याक म्युजिक भिडियो रिलिज भएको छ। ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओड स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज गरिएको छ। सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन्।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन्। शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.