‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

डिसी नेपाल
३ चैत २०७९ ११:१४
204
Shares

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ। शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो। सिनेमाको शुभमुहूर्त समारोहमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो ।

सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए। अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ। तर, निर्देशक दीपेन्द्र के खनालले सिनेमामा वर्षा ‘सरप्राइज’ रहेको बताए। शुभमुहूर्त समारोहमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित भएकी थिइन्।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि उनी स्वयं हुन्। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ। आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर सिनेमा बन्नेछ। लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन्। ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई सिनेमामा प्रस्तुत गरिने बताइएको छ। सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *