राष्ट्रसंघको मानवअधिकार परिषद्‌मा ‘कान्तारा’

डिसी नेपाल
३ चैत २०७९ १४:२१
72
Shares

मुम्बई। दक्षिण भारतीय फिल्म ‘कान्तारा’ले एउटा ठूलो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ।

स्वीटजरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा यो फिल्म प्रदर्शनमा आउने भएको छ। यो फिल्म आज शुक्रबार परिषद कार्यालयको हल नम्बर १३ को पाथे बालेक्सर्टमा प्रदर्शन गरिन लागिएको हो।

फिल्म प्रदर्शनका लागि लेखक, निर्देशक तथा अभिनेता ऋषभ शेट्टी जेनेभा पुगेर आफ्नो ओरल सबमिसन पुरा गरिसकेका छन्। सेन्टर फर ग्लोबल अफेयर्स एण्ड पब्लिक पोलिसि(सीजीएपीपी)ले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको बारेमा जानकारी दिएको छ।

‘रिसभ शेट्टी जेनेभामा युएनएचआरसी सेशनमा वातावरण, मौसम र संरक्षणका विषयमा भारतीय फिल्मको भूमिकाका बारेमा बोल्नेछन्। सीजीएपीपीका निर्देशक अनिन्ध सेनगुप्ताले सेशनको समयमा उनलाई भेट्नेछन्’, पोलिसिले ट्वीट गरेको छ।

‘कान्तारा’को कन्नड भर्सन र हिन्दी भर्सन गत वर्षको नोभेम्बर ३० र अक्टोबर १४ मा रिलिज भएको थियो । फिल्ममा ऋषभसँगै सप्तमी गौडा र किशोर कुमारको प्रमुख भूमिकामा अभिनय थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.