उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चल्यो: ओली {भिडियो}

डिसी नेपाल
३ चैत २०७९ १५:०२
164
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन्। उनले कांग्रेससंगको सहकार्यका बिषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गरे।

आफ्नो कांग्रेससंग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केहि नेताहरु त्रसित भएको उनले बताए । एक जना चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले कांग्रेसभित्रै ठुलो गडबडी रहेको हुनसक्ने उनको भनाइ छ । त्यस्तै उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगाएत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरे।

ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन बिधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।

हेर्नुहोस् भिडियो:

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *