गायिका मिलन नेवारको ’ पहरी फूल २ ’ सार्वजनिक

डिसी नेपाल
५ चैत २०७९ ९:४७
92
Shares

काठमाडौँ। गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ।

प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ। पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुर्‍याउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताए। आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ।

पहरामा फुलेको पहरी फुलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताए। प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटिएको छ। नवराज खड्काको छायाँकन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भटटको निर्देशनमा भिडियो तयार गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *