मिस लिम्बूले देखाए प्रतिभा

डिसी नेपाल
५ चैत २०७९ १४:५५
112
Shares

काठमाडौँ। ‘सम्मान मिस लिम्बू–२०७९’का प्रतियोगीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। ‘मिस लिम्बू’को छैटौं संस्करणमा सहभागी १८ जना प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउण्ड अन्तर्गत शनिबार प्रतिभा प्रस्तुत गरेका हुन्।

याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू’को यस संस्करणमा नेपाललगायत भारतको सिक्किमबाट समेत प्रतिनिधित्व रहेको छ । प्रतिभा प्रस्तुत गर्ने क्रममा प्रतियोगीहले नृत्य, गायन, अभिनय, प्रहसनलगायतका कला प्रस्तुत गरेका थिए।

ट्यालेन्ट शोका लागि पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी संघका अध्यक्ष दीपा लक्सम, छमटमी सिजन–२ का विजेता सरोज प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुबेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषदका अध्यक्ष गोविन्द आङबुङ निर्णायक रहेका थिए।

‘मिस लिम्बू’को यस संस्करणमा अनिला तुम्बापो लिम्बू, अंशु पारघरी लिम्बू,अस्मिता मादेन, विपिका सेलिङ लिम्बू, ज्वाला कुरुम्बाङ, काजल सेलिङ लिम्बू, कृतिका चोङबाङ, ममता आङ्बो, मुन नाल्बो लिम्बू, मुना चेम्जोङ, निरु खापुङ, नीता लिम्बू, फुङनिमा योङहाङ, रेनुका तुम्सा, रोजा मादेन, साम्माङ थाम्सुहाङ, सुषमा इम्सोङ र भिनुमा पहिम प्रतिस्पर्धा रहेका छन्।

ट्यालेन्ट राउण्डको नतिजा फाइलनको दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष तथा गायका भीम लिम्बूले बताए। ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्ड फिनाले यही चैत ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम संयोजक एवं गायक रुकमान लिम्बूले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *