प्रधानमन्त्रीले पुष १० गतेको सहमतिबाट पछि हट्नुको कारण इतिहास खोज्नेछः बिष्णु पौडेल {भिडियो}

डिसी नेपाल
६ चैत २०७९ १६:०५

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुष १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड बालकोट गएको र पुष १० गते सहमति भएको भन्दै पुरानो गठबन्धनमा फर्किनुपर्ने कारण इतिहासले खोजिरहने बताएका हुन्।

पौडेलले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्यो भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भनेपनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए।

एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको भन्दै उनले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको उनको आरोप छ । त्यस्तै पौडेलले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएको र फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै कटाक्ष गरे । उनले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति प्रधानमन्त्रीले गरेको व्यहारका कारण एमालेले सरकारबाट समर्थन फिर्ता लिएको स्पष्ट पारेका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *