एमसिसीले आसिफलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड दिने

डिसी नेपाल
६ चैत २०७९ १८:२८
1.2k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखले २०२२ को मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड पाउने भएका छन् । इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)ले आसिफलाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

फेब्रुअरी २०२२ मा आयरल्यान्डविरूद्धको खेलमा देखाएको खेल भावनाको कदर गर्दै अवार्ड प्रदान गर्ने निर्णय गरेको एमसिसीले जनाएको छ । यो अवार्ड २०१३ देखि एमसिसी र बिबिसीले एमसिसीका पूर्व अध्यक्ष क्रिस्टोफर मार्टिन्स–जेन्किन्सको सम्झनामा दिन थालेको हो। यसवर्ष आसिफसँगै इंग्ल्यान्डका जोस बटलर र बेन स्टोक्स मनोनयनमा थिए।

यसअघि आसिफले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए। फेब्रुअरी २०२२ मा ओमानको अल अमेरतमा भएको खेलमा पहिलो इनिङ्ग्समा रन लिने क्रममा कमलसिंह ऐरीसँग ठोक्किन पुगेका ननस्ट्राइकमा रहेका ब्याट्सम्यान एन्डी म्याकब्राइन रनआउट नगरेपछि आसिफको त्यतिबेला नै प्रशंसा भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *