अफगानिस्तानमा शक्तिशाली भूकम्प, दिल्लीमा समेत धक्का

डिसी नेपाल
७ चैत २०७९ २३:२९
572
Shares

काठमाडौं। अफगानिस्तानको फैजाबाद केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ।

अफगानिस्तानको कालाफगानबाट ९० किलोमिटर टाढा फैजाबाद केन्द्र बनाएरराति १० बजेर १७ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।

भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भूकम्प मापन विभागलाई उदृद गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।\

सञ्चारमाध्यमहरूमा तस्बिरहरू पनि आएका छन्, जसमा मानिसहरू आफ्नो घरबाट ओर्लिएर पार्कमा आएको देख्न सकिन्छ। भुइँचालोबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *