ट्वीट गरेको आरोपमा जेलमा रहेका अमेरिकी नागरिकलाई साउदी अरेबियाले रिहा गर्‍यो

डिसी नेपाल
८ चैत २०७९ ११:५९
68
Shares

काठमाडौं । सरकारको आलोचना गरेको भन्दै एक वर्षअघि जेलमा हालिएका अमेरिकी नागरिकलाई साउदी अरबले रिहा गरेको छ ।

साउदी अरबका पनि नागरिक रहेका ७२ वर्षीय साद इब्राहिम अल्मादीलाई सन् २०२१ नोभेम्बरमा आफ्नो परिवारलाई भेट्न रियाद पुग्दा पक्राउ गरिएको थियो।

अमेरिकामा रहँदा गरेको ट्वीटका कारण उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिका र साउदी प्रशासनले अल्मादीको रिहाइबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

अल्मादीका छोरा इब्राहिमले आफ्नो बुबा रियादको पारिवारिक निवासमा रहेको पुष्टि गरे, तर उनी फ्लोरिडामा आफ्नो घर कहिले फर्कनेछन् भन्ने स्पष्ट छैन।

इब्राहिमले समाचार एजेन्सी रोयटर्सलाई भने, “सबै मुद्दा खारेज भइसकेका छन् तर अब हामीले यात्रा प्रतिबन्धसँग लड्नुपर्छ।”

अल्मादीलाई साउदीको एक अदालतले राजतन्त्रलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई समर्थन गरेकोमा दोषी ठहर गरेको थियो। उनलाई १६ वर्षको यात्रा प्रतिबन्ध पनि लगाइएको थियो ।

गत वर्ष पहिलो पटक यस विषयमा सार्वजनिक रूपमा बोल्दै इब्राहिमले बीबीसीलाई भनेका थिए कि उनका बुबा विरुद्ध अदालतमा भएको एकमात्र प्रमाण १४ वटा ट्वीटलाई मानिएको थियो।

बीबीसीले देखेका ट्वीटमा मक्का र जेद्दा सहरका पुराना भाग भत्काइएको, राजतन्त्रमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खशोग्गीको हत्याको आलोचना गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *