विद्यार्थीलाई तीन सय पटक यौन दुर्व्यवहार गर्ने महिला शिक्षिका पक्राउ

डिसी नेपाल
८ चैत २०७९ १५:१४

काठमाडौं । ४५ वर्षीया महिला शिक्षिका आफ्नै विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छन् । घटनाका बेला पीडित विद्यार्थी १६ वर्षका थिए । उनी अभियुक्त शिक्षिकाकी छोरीसँग हाईस्कुलमा पढ्थे । दुबैको राम्रो मित्रता थियो । विद्यार्थीले महिला शिक्षिकाको घरमा पनि जानुपरेको थियो । यसैबीच शिक्षिकाले विद्यार्थीलाई पाँच वर्षसम्म यौन दुर्व्यवहार गरेकी थिइन् । घटना अमेरिकाको ओक्लाहोमाको हो ।

द मिररका अनुसार ४५ वर्षीया जेनिफर हकिङमाथि एक नाबालिग विद्यार्थीसँग सम्बन्ध रहेको आरोप लागेको थियो । यो विद्यार्थी उनकी छोरीको पूर्व प्रेमी थिए। उनी अहिले २१ वर्षका भइसकेका छन् । जब जेनिफर एक जुनियर हाई स्कूलमा शिक्षिका थिइन्, उनले यस विद्यार्थीसँग सम्बन्ध स्थापित गरिन्।

जेनिफरले विद्यार्थीसँग करिब ३ सय पटक यौनसम्पर्क गरेको प्रहरीले जनाएको छ । उनी प्रायः विद्यार्थीलाई दिनको समयमा विद्यालयबाट बाहिर लैजान्थिन् । विद्यार्थीमाथि उनको पूर्ण नियन्त्रण थियो । हाल उनी विद्यार्थीसँग सम्बन्ध राख्ने र विद्यालयमा गैरकानुनी गतिविधि गरेको आरोपमा पक्राउ परेकी छिन् । उनीमाथि बलात्कार, शोषण, उत्पीडन जस्ता गम्भीर आरोप लगाइएको छ ।

जेनिफर विरुद्ध अदालतमा पेश गरिएका कागजातहरू अनुसार, विद्यार्थीले अनुसन्धानकर्ताहरूलाई जेनिफर ‘चलाख र नियन्त्रणमा राख्ने’ महिला भएको बताए । उनले विद्यार्थीलाई साथीहरूसँग कुरा गर्न पनि सीमित गरेकी थिइन् ।

पीडित छात्राले नै जेनिफरमाथि बलात्कारको आरोप लगाएका हुन् । यसपछि अन्वेषकहरूले यसै वर्ष जनवरीमा अनुसन्धान सुरु गरेका थिए । जेनिफरले सन् २०१७ मा पहिलो पटक आफूलाई शारीरिक सम्बन्धका लागि उक्साएको विद्यार्थीले अनुसन्धानकर्ताहरूलाई बताएका छन् । त्यतिबेला उनी छोरीसँग डेट गरिरहेका थिए ।

विद्यार्थीले जेनिफरसँग घरमै पटकपटक यौनसम्पर्क गरेको दाबी गरेका छन् । २०१७ र २०२२ को बीचमा ३०० भन्दा बढी पटक यौन दुर्व्यवहार भयो। त्यही क्रममा यो कुरा बाहिर आएपछि स्कूलले जेनिफरलाई जागिरबाट निकाल्यो । अहिले अदालतमा मुद्दा चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *