डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटो मै बिरामीको हैरानी

डिसी नेपाल
९ चैत २०७९ ७:५२
24
Shares

सुर्खेत। जिल्ला अस्पताल डोल्पामा दुइ वटा एम्वुलेन्स छन् तर अस्पताल सम्म जान र आउन भने पाउदैनन्। अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्वुलेन्स भेरी नदी पारी पट्टी थन्क्याउनु पर्ने बाध्यता रहेको छ।

दुइ मध्य एक एम्वुलेन्स वर्ष दिन अघि देखि सञ्चालनमा छैन। अर्को एम्वुलेन्सले भेरी नदी पारि पट्टी सम्म मात्र सेवा दिने गर्दछ। झण्डै एक किलोमिटर टाढाको दूरीमा एम्वुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट विरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ।

स्टेचरमा राखेर बिरामी लिन र ल्याउन समेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठुलिभेरी नवराज थापाले बताए। अस्पतालबाट बाहिर लिनका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्‍याउन समस्या हुँदै आएको छ। कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदा, ल्याँउदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन्।

अस्पताल बिरामी लिन र ल्याउन भेरी नदी बाधक देखिएको छ। भेरी नदीमा पुल निर्माण नहुँदा १ किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरको भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्‍याउने गरिएको डाक्टर जोसीले बताइन्। अहिले झोलोङगे पुलको साहरामा बिरामी तथा यहाँका सर्वसाधारणहरु वाल्लो दुनैबाट पाल्लो दुनै जाने र आउने गरेका छन्।

‘साँघुरो बाटो एक किलोमिटर हिडेर अस्पताल सम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्य समाधानका लागि प्रयास जारी राखेका छौँ’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने।

२५ शश्याको नयाँ अस्पतालको निर्माण कार्य जारी रहेको छ। अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिन समेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरण देखि अन्य सामग्री लिन समेत समस्या रहँदै आएको छ।

स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा रहेको छ। कर्मचारी तथा स्वास्थ्यकर्मीलाइ जान र आउन मात्र आधा घण्टा लाग्छ। अहिले स्वास्थ्य सेवा कार्यालयको माताहातमा जिल्ला अस्पताल रहेको छ। भेरी करिडोर भित्र दुइ वर्ष अघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो।

ठुलिभेरी , त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याएइका बिरामीले सबै भन्दा बढी सास्ती भोग्दै आएका छन्। त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिदै छ तर अस्पताल जाने र आउने सडक निर्माण तर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारणहरु आक्रोशित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *