सुटिङअगावै कानुनी झमेलामा ‘हेरा फेरी ४’
मुम्बई। बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ। ‘हेरा फेरी ४’ मा एकपटक पुनः अक्षय कुमार, सुनील सेठ्ठी र परेश रावल देखिँदैछन्। यसपटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदैछन्।
अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि नै कानुनी झमेलामा परेको छ। टी सिरिजले निर्माताविरुद्ध कानुनी उजुरी दिएका छन्। टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार दाबी गरेको छ।
सिरिजले निर्माताले फ्रेञ्चाइजीको संगीत र अडियो अधिकारको प्रयोगअघि अनुमति नलिएको भन्दै नोटिस पठाएको छ। नोटिसमा कम्पनीले आफूलाई फ्रेञ्चाइजीको अडियो र भिजुअलको सबै कपीराइटको एक मात्र एक्सक्लुसिभ हाल्डर भनेको छ।
‘हेराफेरी’ सन् २००० मा प्रिय दर्शनले निर्देशन गरेको फिल्म हो। फिल्मले एक गरिब जमिन्दार र उसको घरमा बस्ने दुई युवाको कथालाई चित्रण गरेको छ । यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शनमा आएको थियो। यसको निर्देशक नीरज वोराले गरेका थिए । फिल्मको तेस्रो संस्करण अर्थात् ‘हेरा फेरी ४’को निर्देशन फरहाद सामजीले गर्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment