गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा

डिसी नेपाल
९ चैत २०७९ १५:०५
148
Shares

काठमाडौँ। लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बजारमा आएको छ। भिडियोसहित सार्वजनिक गीतमा गायक चन्दसंगै गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको वियोगान्त कथालाई मूल्य विषय बनाइएको छ। प्रेम र विश्वासमा घात गरेको र जुन प्रेमलाई सर्वस्व ठानेको त्यहि प्रेमले धोका दिएर घाटी रेटेको भाव समेटिएको गीतको म्युजिक भिडियोमा कलाकार चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराई, अन्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय रहेको छ।

गीतमा नन्दु परियारको संगीत रहेको छ भने प्रकाश न्यौपाने शब्द रहेको छ। यस्तै उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *