नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै, एकै दिन १७ जनामा संक्रमण

डिसी नेपाल
१० चैत २०७९ ८:०४
128
Shares

काठमाडौं। नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ। शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए।

चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो। सक्रिय सङ्क्रमितको संख्या ३० रहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको बताए।

उहाँले खुला सीमाबाट सङ्क्रमित नेपाल आइरहेकाले सीमानाकामा परीक्षणलाई कडाइ गरिएको बताए। उनले जनस्वास्थ्यका मापदण्ड र अतिरिक्त खोप लगाउन आग्रह गरे।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन सबैलाई भनेको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *