झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

डिसी नेपाल
१२ चैत २०७९ १०:४३
540
Shares

काठमाडौं। झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले ओझेलमा परेको अवस्थामा प्रतिभाहरूको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन्।

अध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ। जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्वितीय हुनेले २ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख पाउनेछन्।

त्यस्तै विजेताहरू तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ। कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ।

१५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन्। कार्यक्रमको स्थानिय आयोजकको रुपमा बेलडांगी नाट्य परिवार रहेको छ। प्रतियोगिताको फाइनल जुलाईमा हुने बेलडांगी नाट्य परिवारका अध्यक्ष जंग मगरले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *