राजकुमारको ‘भीड’ पाइरेसी साइट्समा लिक

डिसी नेपाल
१२ चैत २०७९ ११:२७
684
Shares

मुम्बई। शुक्रबारबाट रिलिज भएको अभिनेता राजकुमार राव र भूमि पेडनेकर स्टारर फिल्म ‘भीड’ पाइरेसीको मारमा परेको छ। भारतमा कोरोना महामारीको समयमा गरिएको लकडाउनको कथामा आधारित फिल्म ट्रेलर सार्वजनिक हुनासाथ चर्चामा आएको थियो।

यो फिल्म केही पाइरेसी साइट्समा अनलाइन लिक भएको छ। फिल्म तमिलरकर्स, टेलीग्राम, मुवीरुल्स जस्ता साइटमा एचडी प्रिन्ट लिक भएको हो। अनलाइन लिक भएपछि निर्मातालाई राम्रो रकम घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अनुभव सिन्हाको निर्देशकीय फिल्म लकडाउनको तीन वषपछि २४ मार्च अर्थात हिजो शुक्रबारबाट रिलिज भएको थियो। फिल्ममा भारतमा कोरोनाको समयमा लकडाउनको समयमा मानिसले भोगेका अनेक समस्यालाई देखाइएको छ। निर्देशक अनुभव समसामयिक मुद्धामा फिल्म बनाउनका लागि चिनिन्छन्।

फिल्ममा राजकुमार र भूमिका अलावा पंकज कपूर, दीया मिर्जा, आशुतोष राणा, कृतिका कामरा, वीरेन्द्र सक्सेना, आदित्य श्रीवास्तव जस्ता स्टारको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *